१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा सदस्य चुनाव : सुरु भयाे मतदान

प्रकाशित मिति :  १२ माघ २०७८, बुधबार ०५:४३


काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनावमा देशभर मतदान सुरु भएकाे छ ।

सातै प्रदेशमा सुरु भएकाे मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनेछन् । १९ पदका लागि ४३ जना चुनावी मैदानमा छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् । एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ ।

लुम्बिनीमा ३ सदस्य पदका लागि मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसाल्नुभएकाे छ ।लुम्बिनीमा प्रदेश सभा सदस्य ८१ जना, स्थानीय तहका प्रमुख १ सय ९ र उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि मतदान सुरु भएकाे छ । त्यहाँ पहिलाे मत मुख्यमन्त्री त्रिलाेचन भट्टले खसाल्नुभएकाे छ । कर्णाली प्रदेशमा पनि मतदान सुरु भएकाे छ । मतदान दिउँसाे ३ बजेसम्म चल्नेछ । मतदानका लागि सातै प्रदेशमा ८ मतदानस्थल र १४ मतदान केन्द्र ताेकिएकाे छ ।

प्रदेश १ मा ३, प्रदेश २ मा २, वाग्मतीमा २, गण्डकीमा ३, लुम्बिनीमा ३, कर्णालीमा ३ र सुदूरपश्चिममा ३ पदका लागि चुनाव हुनेछ । साे चुनावबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभा सदस्य चुनावमा २ हजार २५ जना मतदाता सहभागी छन् । जसमा स्थानीय तहका प्रमुख-उपप्रमुख १ हजार ४ सय ९३ जना र प्रदेश सभाका सदस्य ५ सय ३२ जना छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ तय गरिएको छ ।

नेकपा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनाेनीतकाे कार्यकालय फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज मतदान सुरु भएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !