१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा काेभिड संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार ०८:०३


काठमाडाैं । नेपालमा पछिल्लाे समय भेटिएका काेभिड-१९ संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले नेपालमा भइरहेको पछिल्लो संक्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको बताउनुभयाे । ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको पनि अधिकारीले जानकारी दिनुभयाे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र ४ वटामा डेल्टा भेरिएन्ट पुष्टि भएकाे सहप्रवक्ता अधिकारीले बताउनुभयाे । ओमिक्राेन तीब्र गतिमा फैलिएकाे भन्दै उहाँले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयाे । नेपालमा काेभिड संक्रमणदर बढ्दै गएकाे पनि अधिकारीले जानकारी दिनुभयाे ।

नेपालमा अहिले काेभिड संक्रमणदर ३७ प्रतिशत छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !