१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाए

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार ०८:५१


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

एमाले निकट अनेरास्ववियुका विद्यार्थीले मूल्यवृद्धिको विरोधमा बिहीबार प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । काठमाडौंको अमृत साइन्स क्याम्पस अगाडि भेला भएका विद्यार्थीले मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्रीकाे पुत्ला दहन भएपछि विद्यार्थीकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे थियाे । प्रदर्शनमा सहभागी विद्यार्थीले मूल्यवृद्धि फिर्ता गर, सरकार बिउँझेला हल्ला नगरौं, देउवा सरकारको ठूलो उपलब्धि, अत्यावश्यक सामानको चरम मूल्यवृद्धि लगायत नारा लेखिएका प्लेकार्ड बाेकेका थिए ।

कोभिड महामारीबीच दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले बताउनुभयाे । तत्काल मूल्य वृद्धि फिर्ता लिन उहाँले सरकारसँग माग गर्नुभयाे ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !