१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले जिल्ला अधिवेशन : दुई गैर भाैगाेलिकसहित ६५ जिल्लाले पाए नयाँ नेतृत्व (सूचीसहित)

प्रकाशित मिति :  ४ माघ २०७८, मंगलवार १०:१९


काठमाडौं । नेकपा एमालेले ६५ जिल्लामा अधिवेशन सकेकाे छ ।

भौगोलिकतर्फ ६३ र गैर भौगोलिकतर्फ २ गरेर ६५ जिल्लामा अधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको एमालेले जनाएकाे छ । पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भएपनि नेतृत्व चयन गर्न बाँकी रहेकाे एमालेले जनाएकाे छ ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा काेभिड संक्रमणकाे अवस्थालाई हेरेर अधिवेशन मिति ताेकिनेछ । विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशन पनि पछि आयोजना गरिने एमालेले जनाएकाे छ । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीमध्ये मधेस प्रदेश बाहेक ६ वटै प्रदेश कमिटीका अधिवशेन पनि सम्पन्न भएका एमालेले जनाएकाे छ ।

अधिवेशन सम्पन्न भएका अधिकांश जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएकाे एमालेले जनाएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते ६३ जिल्लाकाे जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्नुभएकाे थियाे ।

हेर्नुस् नामावली :


0
Shares

प्रतिक्रिया दिनुहोस !