१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वरिष्ठ पत्रकार राजकुमार रेग्मीलाई मातृ शाेक

प्रकाशित मिति :  १ माघ २०७८, शनिबार ०७:२४


काठमाडाैं । सनराइज खबरका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार राजकुमार रेग्मीलाई मातृ शाेक परेकाे छ ।

रेग्मीकी आमा शाेभा रेग्मीकाे हिजाे अपरान्ह  ७५ वर्षकाे उमेरमा काठमाडाैंमा निधन भएकाे हाे । रेग्मी विगत १० वर्षदेखि दम राेगबाट पीडित हुनुहुन्थ्याे । प्राणी हित जागरण अभियान नेपालकी अध्यक्ष समेत रहनुभएकी रेग्मी समाजसेवी पनि हुनुहुन्थ्याे ।

२००३ साल कात्तिक ३ गते इलाममा जन्मनुभएकी रेग्मी त्यहाँ केही वर्ष शिक्षण पेसामा पनि आबद्ध हुनु भएकाे थियाे । रेग्मीले पशु अधिकारका लागि आवाज उठाउँदै आउनुभएकाे थियाे ।

उहाँका श्रीमान, एक छाेरा र तीन छाेरी हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !