१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपालको पत्रकार संगठनमा भाँडभैलो

प्रकाशित मिति :  २७ कार्तिक २०७८, शनिबार ०९:१४


काठमाडौं । माधव नेपालको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको नेतृत्व चयनमा भाँडभैलो भएको छ ।

नेतृत्व चयको बेला पदप्रतिष्ठा नपाएको भन्दै कार्यक्रममा सहभागी पत्रकारले कार्यक्रम नै वहिष्कार गरेर कार्यक्रम स्थलबाट बाहिरिएका छन् । शनिबार आयोजना भएको संगठनको घोषणा कार्यक्रममा विवाद भएपछि उनीहरु कार्यक्रम बहिष्कार गरेर निस्किएका हुन् ।

एमाले भित्र आफूलाई सम्मान भएन भनि सार्वजनिक कार्यक्रममा लगातार अभिव्यक्ति दिने माधव नेपालले आफ्ना कार्यकर्तालाई पनि सम्मान दिन नसक्दा संगठनमा भाँडभैलो भएको हो ।

केही पत्रकारले कार्यक्रम वहिष्कार गरे पनि नेतृत्वको घोषाण भएको छ । सो संगठनको अध्यक्षमा शम्भु श्रेष्ठको नाम घोषण गरिएको छ । त्यस्तै महासिचवको जिम्मेवारी भूपराज खड्कालाई दिइएको छ ।

अग्रज पत्रकारहरुले कार्यक्रम बहिष्कार गरेर हिँडेको अवस्थामा नाम घोषणा गर्न नहुने भन्दै कार्यक्रमका सहभागी केही पत्रकारले विरोध जनाएका थिए । विवादकै बीच केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

नाम घोषणा गरेपछि बोल्दै अध्यक्ष श्रेष्ठले कार्यक्रम बहिष्कार गरेर हिँडेका पत्रकारलाई पनि संगठनमा समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले यो त्यति ठूलो समस्या नभएको बताउनुभयो ।

उहाँले पार्टी र संगठन भित्र कोही पनि शुद्ध नभएको बताउनुभयो । श्रेष्ठले पार्टीका नेताको सम्पत्ति सार्वजनिक गर्न पनि माग गर्नुभयो ।

माधव नेपालले पत्रकारलाई भट्टीमा नछिर्न दिएको निर्देशनको पनि श्रेष्ठले प्रतिवाद गर्नुभयो । ‘भट्टीमा को छिरेको छ, उनकै पार्टीका कार्यकर्ता छिरेका छन्’, श्रेष्ठले भन्नुभयो ।

उता कार्यक्रम बहिष्कार गरेर हिँड्नु भएका सो संगठनका नेता विश्वमणि सुवेदीले कार्यक्रम स्थलबाट बाहिरिए पछि सामाजिक सञ्जाल फेस बुकमा संगठनमा व्यक्तिवादी एकाधिकार हावी भएको बताउनुभएको छ ।

कार्यक्रम बहिष्कार गर्ने पत्रकारले नेतृत्व चयन न्यायोचिन नभएको गुनासो गरेका छन् । सो कुरामा आफूहरुको असहमति रहेको उनीहरुको भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !