१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माइतीघर मण्डलामा कुकुर तिहारलाई पहिलो पटक विश्व कुकुर दिवसका रुपमा मनाइयाे

प्रकाशित मिति :  १७ कार्तिक २०७८, बुधबार ०७:२९


काठमाडौं । कुकुर तिहारलाई पहिलो पटक विश्व कुकुर दिवसका रुपमा पनि मनाइएको छ । प्राणी अभियन्ताहरुले आज काठमाडौंको माइतीघरमा भेला भएर पहिलो कुकुर र काग विश्व दिवस मनाएका हुन् ।

प्राणी हित जागरण अभियानले यस वर्षदेखि गाई तिहार, कुकुर तिहार, गोरु तिहार र काग तिहारलाई विश्व दिवसका रुपमा मनाउन थालेको हो ।

आज अभियानले माइतीघर मण्डलामा भेला भएर कुकुर र काग पूजा गर्दै उनीहरुको विश्व दिवस समेत मनाएका छन् ।

‘आज पहिलो काग र कुकुर विश्व दिवस हो, हामीले तिहारका रुपमा पनि मनायौं, विश्व दिवसका रुपमा पनि मनायौं’– प्राणी हित जागरण अभियानकी महासचिव शोभाश्री शाक्यले भन्नुभयो ।

माइतीघर मण्डलामा सयौं कुकुरप्रेमीहरुले आआफ्ना कुकुर लिएर आएका थिए । सनराइज खबरले प्रायोजन गरेको सो कार्यक्रममा कुकुरलाई खाना तथा खेलौना वितरण गरिएको थियो । सनराइज खबरले हरेक वर्ष विश्व कुकुर दिवसको प्रायोजन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सनराइज खबर प्रालिका अध्यक्ष विक्रम केसीले समारोहमा घोषणा गर्नुभयो– ‘दोस्रो विश्व कुकुर दिवसका दिन सनराइज खबरले निशुल्क स्वास्थ्य शिविर पनि राख्नेछ र समारोहको प्रायोजन पनि गर्नेछ ।’

सनराइज खबरका प्रधान सम्पादक राजकुमार रेग्मीले भन्नुभयो– ‘पहिलो विश्व कुकुर दिवस मनाउन र प्रायोजन गर्न पाउँदा सनराइज खबर परिवार गौरवान्वित भएको छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !