१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कार्यवाहक प्रधानमन्त्रीद्वारा पशुपतिमा पूजाअर्चना

प्रकाशित मिति :  १३ कार्तिक २०७८, शनिबार ०५:५३


काठमाडाैं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर जानु भई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ ।

उहाँले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गर्नुभएको हो । सो अवसरमा उहाँले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उहाँले दर्शन गर्नुभयो ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताउनुभएको थियो । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उहाँले बताउनुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !