१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेको स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार ०५:४७


काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे । बैठकमा दशाैं राष्ट्रिय महाधिवेशन,वडा र पालिका अधिवेशनकाे समीक्षा लगायत विषयमा छलफल हुनेछ ।

एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरिसकेकाे छ । बाढीपहिराे प्रभावित केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी छ । ती ठाउँकाे अधिवेशनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

तामाङका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिसम्बन्धी मापदण्ड र कार्यतालिकाका बारेमा पनि छलफल हुनेछ । बैठकले भाेलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा पनि तय गर्नेछ ।

एमालेकाे दशाैं महाधिवेशन आगामी मंसिरमा चितवनमा हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वडा र पालिका अधिवेशन सकिनासाथ महाधिवेशनकाे तयारीमा जुट्न निर्देशन दिइसक्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !