१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चितवनमा जतातेतै एमाले,गतिविधि बढ्याे,महाधिवेशनस्थलको खोजी

प्रकाशित मिति :  ५ कार्तिक २०७८, शुक्रबार ०९:०१


काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुनेभएपछि त्यहाँ एमालेको गतिविधि बढेको छ ।

एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेल चितवन पुगेर महाधिवेशन स्थलको तयारी सुरु गर्नुभएको छ । चितवनमा एमाले जिल्ला पार्टीको समेत सक्रियता बढेको छ ।

चितवन जिल्ला किमिटीको १० औँ जिल्ला अधिवेशन आयोजक कमिटीको तेस्रो पूर्णबैठक शुक्रबार सम्पन्न भएको छ । पार्वती रावलको अध्यक्षतामा आयोजक कमिटी विस्तार गर्नुको साथै पूर्ण रुपमा १० बुद्धे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिवद्धता समेत बैठकले व्यक्त गरेको वाग्मती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

महाधिवेशन स्थलको तयारी गर्न चितवन पुग्नुभएका अध्यक्ष पोखरेलले पत्रकार सम्मेलन गरी कार्यक्रम गर्ने स्थानको खोजी कार्य भइरहेको बताउनुभयो । महाधिवेशन उद्घाटन कार्यक्रममा कम्तिमा ५ लाख कार्यकर्ता उतार्ने सोच भएको बताउँदै उहाँले सोही अनुसारको स्थान खाजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी महाधिवेशन सफल पार्न लाग्ने छौं ।’

महाधिवेशन गर्ने उचित स्थानको खोजी गरी केन्द्रमा सिफारिस गरिने छ । केन्द्रले त्यसलाई स्वीकृत गरेपछि अन्य तयारी अघि बढाइने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !