१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनयुद्धमा जान प्रचण्ड तयार

प्रकाशित मिति :  १५ आश्विन २०७८, शुक्रबार १२:०१


काठमाडौं । नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ जनयुद्धमा जानु परे पनि आफू त्यसमा हामफाल्न तयार रहेको बताउनुभएको छ ।

अहिले नै हतियार बोकेर जनयुद्धमा जाने बारेमा नसोचेको भए पनि देशभरका माओवादी एक भएर जाने हो भने सबै निर्वाचन प्रणाली र संयन्त्रलाई ध्वस्त पार्न सकिने उहाँले बताउनुभयो । फुटेका माओवादी सबै एक ठाउँमा आउने हो भने माओवादी देशको ठूलो शक्ति हुने उहाँले दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘हामी अझै पनि यो देशको मुख्य शक्तिको रुपमा, निर्णायक शक्तिको रुपमा आउन सक्छौँ ।’

दिलिपकुमार श्रेष्ठद्वारा लिखित सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले माओवादीबाट फुटेर गएका बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्दलगाएतलाई एउटै पार्टीमा ल्याउने गरी छलफल चलाइदिन पनि आग्रह गर्नुभयो । नेताहरु बीच दुरी बढाउन होइन दुरी घटाउन र छलफल गरेर एकै ठाउँमा आउने वातावरण बनाइदिन पनि अनुरोध गर्नुभयो ।

प्रचण्डले आफू बिग्रिएको बताउँदै आत्मालोचना गरेर सच्चिन तयार रहेको बताउनुभयो । अन्य नेतालाई पनि आत्मालोचना गरी एकै ठाउँमा आउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले नेताहरुलाई मञ्चमा ल्याएर अनावश्यक वहस नगराइदिन आग्रह गर्नुभयो । यसले एकताको लागि भइरहेको प्रयास भाँडिनसक्ने प्रचण्डको भनाइ थियो । ‘हामी मिल्ने प्रयासमा छौँ क्या अहिले’, प्रचण्डले भन्नुभयो ।

सार्वजनिक कार्यक्रममा नेताहरुलाई माओवादी घटनाका नेतालाई एकैठाउँमा राखेर बोलाउँदा आफूलाई दुःख लाग्ने गरेको उहाँले बताउनुभयो । जति सार्वजनिक कार्यक्रममा बाबुराम भट्टराई र आफूलाई बोल्न लगाइएको छ, त्यसले दुरी अझ बढ्दै गएको उहाँले बताउनुभयो । ‘यसले मिल्न लागेको पनि मिल्दैन’, प्रचण्डले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !