१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख सापकोटा विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा आज पनि हेर्न नमिल्नेमा राखियाे

प्रकाशित मिति :  १३ आश्विन २०७८, बुधबार ०९:१४


काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा आज पनि हेर्न नमिल्नेमा राखिएकाे छ ।

सर्वोच्चको संवैधानिक इजलासमा बुधबार पेसी चढेको साे मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हाे । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पहिलो नम्बरमा साे मुद्दाको पेसी चढेको थियो ।

तर सर्वाेच्चले मुद्दा हेर्न नमिल्नेमा राखेकाे छ । यसअघि भदौ १६ गते पनि मुद्दा पेसीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो ।

सभामुख सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको अभियाेग लागेको छ । लामाकी श्रीमती पूर्णीमायाले ०६९ मंसिर ७ गते कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सभामुख विरुद्ध सर्वाेच्चमा कर्तव्य ज्यानसहित ३ मुद्दा परेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !