१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सदनको दशौं अधिवेशन आजदेखि

प्रकाशित मिति :  २३ भाद्र २०७८, बुधबार ०५:४२


काठमाडौं । संघीय संसद्को दुवै सदनको दशौं अधिवेशन आजदेखि सुरु हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्काे सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुभएकाे छ । संसद्‍मा नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी २ दल थपिएका छन् ।

प्रतिनिधि सभा बैठकका लागि संघीय संसद् सचिवालयले मंगलबार नै सम्भावित कार्यसूची सार्वजनिक गरिसकेकाे छ ।  कार्य व्यवस्था परामर्श समितिको बैठक नराखी प्रतिनिधि सभाकाे सम्भावित कार्यसूची तय गरिएकाे छ ।

बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश, नागरिकतासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश लगायत अध्यादेश पेस गर्ने कार्यसूची तय छ । बजेटसहितका १५ अध्यादेश स्वीकृत गर्ने र अस्वीकृत गर्ने प्रस्तावलाई सम्भावित कार्यसूचीमा राखिएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !