१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडाैंमा सिडियाे फेरिए

प्रकाशित मिति :  २२ भाद्र २०७८, मंगलवार ११:१८


काठमाडाैं । गृह मन्त्रालयले काठमाडाैंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेकाे छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा गोविन्दप्रसाद रिजाललाई ल्याएको छ । यसअघिका सिडिओ कालिप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा पठाइएकाे छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पराजुली गत वर्षकाे चैतमा काठमाडौंकाे सिडिओ बन्नुभएकाे थियाे । रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख हुनुहुन्थ्याे । रिजालले सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुर लगायत जिल्लामा काम गरिसक्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !