१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले विरुद्ध एक्लै लड्न त के हेर्न नि कसैले सक्दैन- केपी ओली

प्रकाशित मिति :  २२ भाद्र २०७८, मंगलवार ११:१६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी विरुद्ध लड्ने सपना नदेख्न माधवकुमार नेपाललाई सचेत गराउनु भएकाे छ ।

नेकपा एमाले कास्कीले गरेकाे कार्यकर्ता भेलालाई मंगलबार पाेखरामा सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमालेसँग लड्ने क्षमता माधवसँग हुनै नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘कांग्रेसले त एमालेसँग लड्ने आँट गर्दैन, माधव नेपाल जस्ताे प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ ।’

देश अहिले एमालेकाे पक्षमा जागेकाे भन्दै उहाँले कुनै पनि शक्तिले एक्लै एमालेतिर हेर्न नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘एमाले विरुद्ध एक्लै लड्ने कुरा छोडौँ, कुनै पनि शक्तिले एमालेलाई एक्लै हेर्न सक्दैनन्, त्यही भएर अहिले चार दिशाबाट पाँच भाइ जम्मा भएका छन्,देउसी खेल्दा भन्छन् नी ५ भाइ…५ भाइ त अहिले पुगेका हुन् कि क्या हाे ।’

ती ५ भाइमध्ये एउटा अत्यन्तै बेसरम व्यक्ति (माधव नेपाल) को नेतृत्वमा एमालेलाई सकाउने अभियान चलेको अध्यक्ष ओलीले बताउनुभयाे । मन्त्रीकाे लाेभ देखाएर आफ्नाे पार्टीमा प्रवेश गर्न माधवकाे पार्टीले अभियान चलाएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘बिग्रिएका माधव नेपालको पछि लाग्ने मान्छेहरू मन्त्री बेच्न आइरहेका थिए, खाउन् तिनीहरूलाई पुगेको छैन, तर एमालेका कार्यकर्ता खानका लागि हाेइन देश बनाउनका लागि जन्मेका हुन् र बनाउँछन् ।’

प्रदेश-प्रदेशमा सरकार ढाल्न पनि माधव लाग्नुभएकाे अध्यक्ष ओलीले बताउनुभयाे । माधव बिग्रेका मात्र नभइ पतन नै भइसक्नुभएकाे ओलीकाे आराेप छ ।  माधव नेपाल बिनाकाे एमाले अब राम्ररी अगाडि बढ्ने उहाँले बताउनुभयाे । एमालेमा कुपुत्र भएरै उम्रिएका माधवले पार्टी छाेड्दैमा केही फरक नपर्ने उहाँले बताउनुभयाे । पार्टी कब्जा गर्न खाेज्ने माधवलाई जनताले एक्लै जाउ भनेर पठाइदिएका पनि उहाँले बताउनुभयाे ।

माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरु एमाले ध्वस्त पार्ने अभियानमा जुटेका उहाँले बताउनुभयाे । प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल सुरु गरेका पनि उहाँले स्मरण गर्नुभयाे । एमालेकाे विकासप्रेमी सरकारले विश्वले देख्ने गरी काम गरेकाे माधव प्रचण्डहरुले देख्न नसकेका पनि अध्यक्ष ओलीले बताउनुभयाे ।

आफू नेतृत्वकाे सरकारले समृद्धिको काम गरेपछि ढाल्ने प्रयास सुरु भएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे -‘हामीले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भूमिसहितको नक्सा प्रकाशित गरेपछि सरकार ढाल्ने प्रयास सुरु भयो, माधव नेपाललाई पार्टी नफुटाइन भएन, त्यसैले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खेल सुरु गरे ।’ एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागेका उहाँले बताउनुभयाे ।

लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रित र स्वार्थकेन्द्रित व्यक्तिहरु रहेकाले नातागोता र परिवारबाट आक्रान्त भएको अवस्थामा माधव नेपाल बाहिरिनुभएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘म कहाँ आउँदा कोही भाइभतिजावाद र कोही छोरी बुहारीवादमा कुद्ने, कामै गर्न नदिने, पार्टीभित्रै विभिन्न प्रकारका स्वार्थी र पदलोलुप, महत्त्वाकांक्षी प्रवृत्ति हाबी भएको थियो कि देश, जनता सुशासन, विकासको बारेमा छलफल नहुने अहिले त छोडेर गए ।’

माधव र प्नचण्डले नेपालकाे कम्युनिष्ट आन्दाेलनलाई प्रतिक्रियावादीकाे पाउमा लगेर चढाउन खाेजेका पनि उहाँले बताउनुभयाे । गठबन्धन सरकारलाई विकाससँग रुची नभएकाे र वैरभाव मात्र रहेकाे पनि उहाँले बताउनुभयाे ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !