१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्लभ थापालाई हराएर देखाउनुस्, महेशजी- शेरबहादुर देउवा

प्रकाशित मिति :  १८ भाद्र २०७८, शुक्रबार १०:०६


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुर्लभ थापालाई हराएर देखाउन नेकपा एमालेका सांसद् महेश बस्नेतलाई चुनाैती दिनुभएकाे छ ।

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशनकाे शुक्रबार उद्घाटन गर्दै देउवाले साे चुनाैती दिनुभएकाे हाे । बस्नेतले केही दिनअघि प्रधानमन्त्री देउवालाई भक्तपुरमा आफूसँग निर्वाचन लड्न चुनौती दिनुभएकाे थियाे । कांग्रेसलाई शीला खाजेझै खाेज्नुपर्ने महेशकाे भनाइ थियाे ।

महेशलाई जवाफ दिँदै देउवाले भन्नुभयाे – ‘भक्तपुरमा मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्, त्यसपछि मसँग चुनाव लड्न आउनुहोला ।’  दुर्लभ थापा भक्तपुर कांग्रेस सभापति हुनुहुन्छ ।

कांग्रेसको महाधिवेशन सफल बनाउन सम्पूर्ण नेता कार्यकतालाई देउवाले आह्वान गर्नुभयाे । कांग्रेसलाई आगामी चुनावमा पहिलो पार्टी बनाउन महाधिवेशन सफल बनाउनुको विकल्प नरहेकाे उहाँकाे भनाइ छ ।

देउवाले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ र सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशनको अवलोकन गर्नुभएकाे थियाे । कांग्रेसकाे वडा अधिवेशन आजदेखि सुरु भएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !