१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीकाे निधन

प्रकाशित मिति :  १७ भाद्र २०७८, बिहीबार ०८:५६


काठमाडाैं । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ ।

केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहनुभएका उहाँको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ ।

उहाँँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ ।

छोरा विदेशमा रहेकाले उहाँ स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !