१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रिमण्डल विस्तारमा किन भयाे ढिलाई

प्रकाशित मिति :  १४ भाद्र २०७८, सोमबार ०८:३५


काठमाडौं । माधवकुमार नेपालको नयाँ पार्टीले ठूलो भाग खोज्नाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छ । त्यसैगरी उपप्रधानमन्त्री पद कसैलाई दिन नहुने माधव र पुष्पकमल दाहालको अडानका कारण पनि मन्त्रिमण्डलमा ढिलाई भएको हो ।

मन्त्रिमण्डल विस्तारको अर्काे कारण माधवको पार्टी, माओवादी पार्टी, उपेन्द्र र महन्थको बेग्लाबेग्लै पार्टीभित्रको आन्तरिक कलह पनि हो । चारवटै पार्टीमा मन्त्री नबनी नछाड्नेहरुको भीड छ ।

यी चार पार्टीका केही मुख्य नेताले गैर सांसद्लाई पनि मन्त्री पद बेच्न प्रयास गरिरहेकाले पनि मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको हो ।

प्रधानमन्त्री देउवा सकभर उपेन्द्र यादवको पार्टीलाई मन्त्रिमण्डलमा ल्याउने पक्षमा हुनुहुन्न । यो कारण पनि विस्तारमा ढिलाई भएको हो ।

ढिलाईका कारण अनेक छन् । मुख्य कारण सत्तारुढ पार्टीहरुको आन्तरिक झगडा नै हो ।

बुहारी बिनालाई मन्त्री नबनाई नछाड्ने प्रचण्डको अडान छ । तर, बुहारीलाई मन्त्री बनाए माओवादी भित्र विद्रोह हुने अवस्था छ । यो कारण पनि प्रचण्डले मन्त्रिमण्डल विस्तारमा ढिलाई गराइरहनुभएको हो ।

प्रचण्डको रणनीति छ– देउवालाई नालायक बनाउने, कांग्रेसमा अन्तरकलह बढाउने । देउवालाई नालायक सावित गर्ने उद्देश्यले पनि मन्त्रिमण्डल विस्तारमा प्रचण्डले भाँजो होलेको बताइन्छ ।

आज सत्तारुढ गठवन्धनको वैठकले चाँडै मन्त्रिमण्डल विस्तार गर्ने  भनेको छ । ढिलोचाँडो मन्त्रिमण्डल विस्तार हुनेछ तर विस्तार गर्दा हरेक पार्टीभित्र पहिरो जानसक्ने अवस्था छ ।

खासगरी माधवको नयाँ पार्टीले निकै ठूलो पहिरो भोग्नुपर्ने देखिएको छ । सो पार्टीमा लागेका सांसद्हरु मन्त्री बन्नकै लागि एमालेबाट फुटेर गएका हुन् । माधवका सबैजसो सांसद्को राजनीतिक भविष्य लगभग समाप्त भएको मानिन्छ ।

अहिले मन्त्री खान नपाए यो जुनीमा पाइँदैन भन्ने डर उनीहरुलाई छ । त्यसैले जसरी पनि मन्त्री बन्न चाहने माधवका सांसद्हरुको लर्काेले पनि विस्तारमा समस्या भएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !