१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक आज दिउँसाे १ बजे बस्दै

प्रकाशित मिति :  ३२ श्रावण २०७८, सोमबार ०२:१७


काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसाे १ बजे बस्ने बैठकमा दुई वटा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ ।

बैठकमा प्रतनिधि सभाका गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका ‘रेल्वे विधेयक, २०७६ र ‘प्रत्यायन (एक्रिडिटेशनं) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !