२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै

प्रकाशित मिति :  २८ श्रावण २०७८, बिहीबार ०२:३३


काठमाडौं । संघीय संसद्का दुबै सदनकाे बैठक आज बस्दैछ ।

राष्ट्रिय सभाकाे बैठक बिहान ११ बजे र प्रतिनिधि सभाकाे बैठक दिउँसाे १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएकाे छ ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियाेस्’ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियाेस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री देउवाले नै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिनिधि सभा बैठकमा एउटा मात्रै कार्यसूची तय गरिएकाे छ । प्रतिनिधि सभाका सचिव गाेपालनाथ याेगीले राष्ट्रिय सभामा उत्पत्ति भएकाे ‘स्टाण्डर्ड नाप र ताैल (पाँचाै संशाेधन) विधेयक,२०७६ सम्बन्धमा राष्ट्रिय सभामा प्राप्त सन्देश टेबुल गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !