१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांसद्काे यस्ता प्रश्नले अर्थमन्त्री शर्मालाई आपतविपत

प्रकाशित मिति :  २६ श्रावण २०७८, मंगलवार ११:२८


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका लागि प्रतिनिधि सभाको रोष्ट्रम कठघरा सावित भएको छ । उहाँले अर्थतन्त्रको श्वेतपत्र प्रतिनिधि सभामा पेश गर्नुभएपछि सांसद्हरुले यस्ता प्रश्न उठाए जसले उहाँलाई आपतविपत पर्न गयो ।

नेकपा एमालेका सांसद्ले प्रश्न राख्दै प्रतिनिधि सभामा भन्नुभयो– ‘सरकारलाई कसरी बधाई भनौं ? एक महिनासम्म विस्तार भएन । साझा कार्यक्रमलाई कसरी शुभकामना भनौं, विकासको प्लान आएन, प्रतिशोध र आक्रोश मात्र आयो ।’

भक्तपुर लगायत खास जिल्लाका बजेट कटौती गर्न खोजिएकोमा पनि महेशले प्रश्न राख्नुभएको थियो ।

एमालेकै अर्का सांसद् खगराज अधिकारीले प्रश्न राख्दै अर्थमन्त्रीको श्वेतपत्रलाई तथ्यांकको खेलोफड्को भन्नुभयो । विगत सरकारमा आफू पनि थिएँ भन्ने बिर्सिएर आफैं बदनाम हुने गरी अनेक तथ्य अर्थमन्त्री शर्माले ल्याउनुभएको खगराजको टिप्पणी थियो ।

‘जनस्वास्थ्य संकटकाल घोषणा गर्न खोज्नुभएको हो ? संरचनामा आधारभूत परिवर्तन आएको छैन भन्नुहुन्छ, त्यसो भए विकसित कसरी बनाउनुहुन्छ ?’– खगराजले प्रश्न गर्नुभयो ।

खगराजले अर्थमन्त्री शर्मालाई थप प्रश्न यसरी गर्नुभयो– ‘कर्णालीमा अध्यादेशबाट बजेट ल्याउन पाउने तर यहाँ अध्यादेशबाट बजेट ल्याउँदा संविधान मिचियो भन्ने उहाँ नै होइन ? उहाँले नैतिक रुपमा यी कुरा भन्न मिल्छ ?’

कांग्रेसका सांसद् राजेन्द्रकुमार केसीले अर्थमन्त्री समक्ष अनौठो प्रश्न राख्नुभयो । उहाँले सोध्नुभयो– ‘अब निर्माण हुने प्रतिस्थापन विधेयकमा अत्यन्त लोकप्रिय कार्यक्रम सांसद् पूर्वाधार साझेदारी कार्यक्रमले निरन्तरता पाउँछ कि पाउँदैन ?’

प्रश्न सोधिसकेपछि राजेन्द्रले आफ्नो विचार पनि राख्नुभयो– ‘त्यो कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।’

एमालेका पदम गिरीले सरकारले ल्याएको श्वेतपत्र नभएर प्रतिशोध पत्र हो, यलो पेपर हो भन्नुभयो ।

श्वेतपत्र अत्यन्तै गैरजिम्मेवार ढंगले ल्याइएको भन्दै पदमले यसरी तथ्य पेश गर्नुभयो– ‘ओली सरकारले सम्झौता गरे अनुसार एक करोड आठ लाख ६० हजार खोप आइसकेको छ । ७२ लाखले खोप जनताले लगाइसकेका छन् । यो कुरालाई तोडमोड र ढाकछोप गर्न खोजिएको छ ।’

कोभिड नियन्त्रणका लागि ओली सरकारले गरेको अत्यन्तै ठूलो योगदान गरेकोमा ढाकछोप गरिएकोमा पदमले विरोध गर्नुभयो ।

मेलम्चलीमा अघिल्लो सरकारको कारणले बाढी आएको भन्ने खालको धारणा श्वेतपत्रमा आएकोमा पदमले विरोध गर्नुभयो ।

नेमकिपाका सांसद् प्रेम सुवालले कोभिड खोप ५० हजार रुपैयाँमा कालोबजारीमा बेचिएकोमा प्रश्न राख्नुभयो ।

लालबहादुर थापाले सोध्नुभयो– ‘माओवादी पनि सरकारमा थियो, हामीले स्वाब परीक्षण गर्न विदेशमा पठाउनुपरेको होइन र ?’


0
Shares

प्रतिक्रिया दिनुहोस !