१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले केन्द्रीय कमिटी बैठक आज तीन बजे बस्दै

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार ०१:५७


काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

आइतबारका लागि बाेलाइएकाे बैठक आजका लागि सारिएकाे थियाे । ललितपुरकाे च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठान दिउँसाे ३ बजे बस्ने बैठकमा पार्टीकाे विधान संशाेधन,विधान अधिवेशनकाे तयारी,पार्टी एकता लगायत विषयमा छलफल हुने बताइएकाे छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक अघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !