१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिशिल्डकाे आजदेखि दोस्रो डोज दिईंदै

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार ०१:५३


काठमाडाैं । काेभिडविरुद्धको खाेप काेभिशिल्डको पहिलो डाेज लगाएका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोज दिइने भएकाे छ ।

पहिलो डाेजमा कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनिका खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जनाएकाे छ । तत्काललाई वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरु याे खाेप दिइनेछ । प्रदेश १ र २ का नागरिकलाई भने केही दिनपछि खाेप दिइने मन्त्रालयले जनाएकाे छ ।

भूटान र जापानबाट अष्ट्राजेनिका खाेप आएसँगै लामाे समयदेखि काेभिशिल्डकाे दाेस्राे डाेजकाे पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख नागरिकलाई याे खाेप लगाउन लागिएकाे हाे ।

जेष्ठ नागरिकलाई लगाएर बाँकी रहेकाे खाेप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा क्यान्सर राेगीलाई दिइने मन्त्रालयले जनाएकाे छ । दाेस्राे डाेजकाे सुनिश्चित हुनेगरी उनीहरुलाई खाेप दिइनेछ ।

खोप लगाउनका लागि काठमाडौंमा १ सय ४४ वटा केन्द्र तोकिएकाे छ । मन्त्रालयले प्रदेश र सबै जिल्लामा खोप लगाउने व्यवस्था गर्न समेत आग्रह गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !