१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

प्रकाशित मिति :  २३ श्रावण २०७८, शनिबार ०३:१२


काठमाडाैं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

बालाजुकाे औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा शुक्रबार रातिदेखि आगलागी भएकाे महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । ८ वटा वारुणयन्त्र, दमकल,ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयकाे सहयाेगमा आगाे निभाउने प्रयास भइरहेकाे छ ।

आगलागीको कारण नखुलेकाे प्रहरीले जनाएको छ । क्षतिकाे विवरण पनि आइसकेकाे छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !