१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभामा आज लोक सेवा आयोग विधेयक २०७५ पेस हुने

प्रकाशित मिति :  २२ श्रावण २०७८, शुक्रबार ०२:३१


काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वर दिउँसाे १ बजे बस्ने बैठकमा निर्वाचन आयोगकाे वार्षिक प्रतिवेदन र दुई वटा विधेयक पेस गर्ने सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६-०७७’ सभा समक्ष पेस गर्नुहुने संघीय संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा प्रधानमन्त्री देउवाले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभा समक्ष पेस गर्नुहुने कार्यसूची छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ लाई सभा समक्ष टेबुल गर्नुहुने कार्यसूची पनि तय भएकाे संसद् सचिवालयले छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !