१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेलायतमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या फेरि बढ्यो

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार ०९:०१


लन्डन । कोभिडबाट ज्यान गुमाउनेकाे संख्या बेलायतमा फेरि बढेको बताइएको छ ।

यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोभिड संक्रमणबाट एक सय ३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो संख्या गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो ।

यहाँ पछिल्लो समयमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार आठ सय ८१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । यसबाट संक्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६ सय ९१ जना संक्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो ।

यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएको समाचारमा जनाइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !