१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिले दार्चुला घटनाबारे केही बाेल्न मिल्दैन-गृहमन्त्री बालकृष्ण खाँड

प्रकाशित मिति :  १८ श्रावण २०७८, सोमबार ०८:२६


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुला घटनाबारे अहिले केही बाेल्न नमिल्ने बताउनु भएकाे छ ।

साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँडले दार्चुलाका ३३ वर्षीय जयसिंह धामी वेपत्ता प्रकरणबारे सरकार गम्भीर र संवेदनशील रहेकाे बताउनुभयाे ।उहाँले भन्नुभयाे – ‘याे घटना छानबिनका लागि मन्त्रालयका सहसचिव जनार्दन शर्माकाे संयाेजकत्वमा छानबिन समिति बनाएका छाैं, साे समितिकाे प्रतिवेदन पर्खनुपर्छ ।’

सो घटनाबारे नागरिक स्तरबाट उठेका, सञ्चारमाध्यममा आएका र जनप्रतिनिधिबाट व्यक्त भएका धारणालाई सरकारले गम्भीररूपमा लिएको भन्दै गृहमन्त्री खाँडले बताउनुभयाे । छानविन प्रतिवेदन जस्तो आउँछ सोही अनुसार पहल गर्न सरकार तयार रहेकाे उहाँले बताउनुभयाे । प्रतिवेदन नआउँदासम्म केही बाेल्न नमिल्ने बताउँदै उहाँले भन्नुभयाे – ‘हामी आफैले छानबिन समिति बनाइरहेकाे अवस्थामा छानविन प्रभाव पार्नेगरी हामीले आफ्नाे कुनै राय दिन मिलेन, घटनाकाे सत्यतथ्य आइसकेपछि जुनसुकै अडान लिन हामी तयार छाैं ।’

वेपत्ता जयसिंहकाे खाेजि जारी रहेकाे बताउँदै गृहमन्त्रीले भन्नुभयाे – ‘उहाँकाे वारी नेपालले पारि भारतीय सुरक्षाकर्मीलाई खाेज्न आग्रह गरिएकाे छ, उहाँहरुले खाेजिरहनु भएकाे छ ।

गृहमन्त्री खाँडलाई एमाले सांसद् काेमल वली,भगवति न्याैपाने, विमला राई पाैड्याल लगायतले भारतीय एसएसबीको ज्यादतीबारे बोल्न नसकेको बताउनु भएकाे थियाे । साे घटनामा भारतसँग हिम्मत गरेर कुरा गर्न पनि उहाँहरुले ध्यानाकर्षण गराउनुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !