१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रामेछापलाई वाग्मती प्रदेशले छुट्यायो एक अर्ब ६८ करोड बजेट

प्रकाशित मिति :  १३ श्रावण २०७८, बुधबार ०८:१२


रामेछाप । रामेछाप जिल्लामा चालु आर्थिक वर्षको लागि वाग्मती प्रदेश सरकारले एक अर्ब ६८ करोड रुपैँया बजेट विनियोजन गरेको छ ।

जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ७३ करोड ४५ लाख रुपैँया विनियोजन भएको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत १७ करोड ६१ लाख ५६ हजार रुपैँया विनियोजन भएको वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुुभयो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत २ करोड ५५ लाख, सामाजिक विकास मन्त्रालय अन्तर्गत ५ करोड १६ लाख ३५ हजार, संघ सशर्त अनुदान अन्तर्गत २३ करोड १४ लाख २० हजार र प्रदेश अनुदान अन्तर्गत ४६ करोड ४७ लाख ८ हजार रुपैँया विनियोजन भएको छ ।

अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्तर्गत मन्थली नगरपालिकाको लागि १ करोड ८२ लाख ५२ हजार रुपैँया विनियोजन भएको छ । त्यस्तै रामेछाप नगरपालिको लागि १ करोड ३४ लाख ९९ हजार रुपैँया विनियोजन भएको छ ।

यसैगरी खाँडादेवी गाउँपालिकाको लागि १ करोड २६ लाख २६ हजार, उमाकुण्ड गाउँपालिकाको लागि १ करोड ८ हजार, गोकुलगंगाको लागि १ करोड १० लाख २० हजार, दोरम्बाको लागि १ करोड १० लाख ५७ हजार, लिखुतामाकोसीको लागि १ करोड १६ लाख ८४ हजार र सुनापतिको लागि ९८ लाख ७७ हजार रुपैँया विनियोजन भएको छ ।

यसैगरी सशर्त अनुदान अन्तर्गत विभिन्न १६ वटा योजनाको लागि मन्थली नगरपालिकालाई प्रदेश सरकारले २ करोड ४९ लाख ६४ हजार रुपैँया पठाएको छ ।

सो कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकामा १४ वटा योजना सञ्चानल हुने भएका छन् । जसको लागि २ करोड ६२ लाख ९ सय रुपैँया बजेट विनियोजन भएको छ ।

उमाकुण्ड गाउँपालिकामा ११ वटा योजनाको लागि १ करोड ४४ लाख ५९ हजार, खाँडादेवी गाउँपालिकामा १६ वटा योजनाका लागि २ करोड २९ लाख ५२ हजार, गोकुलगंगामा १२ वटा योजनाको लागि २ करोड ७ लाख १६ हजार, शैलुङ्ग दोरम्बाका १५ वटा योजनाको लागि १ करोड ६४ लाख ६८ हजार, लिखु तामाकोसी गाउँपालिकाका ११ वटा योजनाका लागि १ करोड ३७ लाख २८ हजार र सुनापति गाउँपालिकाका १३ वटा कार्यक्रमको लागि १ करोड ५१ लाख ५५ हजार रुपैँया विनियोजन भएको छ ।

समपुरक अनुदान अन्तर्गत मन्थली र रामेछाप नगरपालिकाका तीन÷तीन वटा सडकका लागि ३÷३ करोड, उमाकुण्ड गाउँपालिकाका दुईवटा योजनाको लागि १ करोड ९९ लाख ६९ हजार, खाँडादवीका ३ वटा योजनाको लागि २ करोड ९४ लाख ४१ हजार रुपैँया विनियोजन भएको छ ।

यसैगरी गोकुलगंगामा एउटा सडकको स्तरोन्नतीको लागि ९९ लाख ७२ हजार, शैलुङ दोरम्बामा तीन वटा योजनाको लागि २ करोड ९९ लाख ९७ हजार, लिखुतामाकोसीमा दुई वटा योजनाको लागि १ करोड ३४ लाख ४८ हजार र सुनापतिमा ४ वटा योजनाका लागि २ करोड १७ लाख ७ हजार रुपैँया विनियोजन भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !