१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारलाई सुझाव दिन गठित कार्यदलकाे बैठक बस्दै

प्रकाशित मिति :  १० श्रावण २०७८, आईतवार ०७:४६


काठमाडाैं । सरकारलाई सुझाव दिन गठित कार्यदलकाे बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने लगायत विषयमा छलफल हुने कार्यदल सदस्य डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयाे ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलमा कांग्रेसबाट नेता डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य हुनुहुन्छ ।

यसअघि असार ८ मा बसेकाे कार्यदलकाे पहिलाे बैठकमा सरकारका भावी साझा कार्यक्रमबारे सामान्य छलफल भएकाे कार्यदल थियाे । बैठकमा केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेका नियुक्तिको समेत समीक्षा भएकाे थियाे । बैठकले साझा कार्यक्रमको मस्यौदा तयार गर्न कांग्रेस नेता रिजाल र जसपा नेता श्रेष्ठलाई जिम्मेवारी दिएको थियाे ।

आजकाे बैठकमा रिजाल र श्रेष्ठले मस्याैदा बुझाउन सक्नुहुने बताइएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !