३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज गुरु पूर्णिमा, शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाईंदै

प्रकाशित मिति :  ९ श्रावण २०७८, शनिबार ०४:२८


काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा, अर्थात् गुरु पूर्णिमा । शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाईंदैछ ।

विगत वर्षहरुमा गुरु पूर्णिमाका दिन देशभर अ‌ाैपचारिक कार्यक्रम हुन्‍थे । विद्यालयहरुमा विभिन्‍न कार्यक्रम हुन्‍थे । गुरुलाई भेट्‍न काेसेली लिएर जाने गरिन्थ्याे । तर गत वर्ष जस्तै याे वर्ष पनि काेभिड महामारीले यी सबै कुरा अ‌ाेझेल पारेकाे छ ।

विभिन्न विद्यालय तथ संघ संस्थाले भर्चुअल माध्यमबाट गुरु पूर्णिमा मनाउँदैछन् । धेरैजसाेले फाेन र सामाजिक सञ्‍जालमार्फत गुरुलाई शुभकामना दिँदै छन् ।

गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ ।ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ ।

त्यसैले धर्मशास्त्रमा गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् परं ब्रह्मा तस्मै श्री गुरवे नमः भनेर गुरुको महिमा उल्लेख छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानिन्छ । धर्मशास्त्रले मातृ देवो भवः, पितृ देवो भवः आचार्यदेवो भव: भनेर आमा, बाबु र गुरुलाई देवताको कोटीमा राखेकाे छ ।

गुरूपूर्णिमाकै दिन वेद व्यास जयन्ती पनि मनाइन्छ । वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । वेद व्यासले वेद, उपनिषद्, पुराण, लेखी हिन्दू संस्कृतिलाई उचाइमा पुर्‍याउनु भएको थियो । वेदलाई विश्वकै उत्कृष्ट पुरानो वैज्ञानिक धार्मिक ग्रन्थ मानिन्छ । ।

यसैबीच तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती अवसरमा सार्वजनिक बिदा दिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !