१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा आज मन्त्रिमण्डल विस्तार गरिन्दै

प्रकाशित मिति :  ८ श्रावण २०७८, शुक्रबार ०५:१४


काठमाडौं । गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुने भएको छ ।

माओवादी केन्द्रले कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीकाे टुंगाे लगाएसँगै आज मन्त्रिमण्डल विस्तार हुन लागेकाे हाे । माओवादीले मन्त्रीका लागि  रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्ती मगरकाे नाम सिफारिस गरेकाे छ ।

उहाँहरुले आज दिउँसो १ बजे शपथ लिनुहुने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे सचिवालयले जनाएकाे छ । यसअघि माओवादीबाट मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भइसक्नु भएकाे छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली जेठ २९ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे । तर अहिलेसम्म पनि उहाँले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएकाे छैन । गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका नेपालीले दलीय खिचातानी र मन्त्रालयको बाँडफाँडमा सहमित नजुट्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुभएकाे हाे ।

नेपालीले यसअघि कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद् राजिब गुरूङलाई मन्त्री नियुक्त गरिसक्नुभएकाे छ ।

कांग्रेसले पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम आजै टुंगो लगाउने तयारी गरेको छ । कांग्रेसले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, शिक्षा, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन तथा कानुन मन्त्रालय राख्ने पक्का भउकाे छ । यसअघि कांग्रेसले सामाजिक विकास मन्त्रालय राखिसकेकाे छ । मन्त्रालय टुंगाे लागेपनि मन्त्रीकाे नाम टुंग्याउन भने कांग्रेसले सकेकाे छैन स

गण्डकीमा कांग्रेससहित, माओवादी केन्द्र र जसपा सम्मिलित गठबन्धन सरकार छ । मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएपनि राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी छैन ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !