१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार ०५:२८


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएकाे छ ।

उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेटवार्ता भएकाे हाे । प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बालुवाटार पुग्नुभएकाे थियाे । देउवा र ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको बताइएकाे छ ।

विश्वासकाे मत दिनुअघि गरेकाे प्रतिबद्धता पूरा गर्न माग गर्दै जसपाको ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई मंगलबार ८ बुँदे मागपत्र बुझाइसकेकाे छ । मंगलबार बसेकाे ठाकुर पक्षकाे जसपा केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने लगायत माग राखेकाे हाे ।

देउवा र ठाकुरबीच सरकारमा सहभागिताका विषयमा पनि छलफल भएकाे ठाकुर पक्षका एक नेताले बताए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !