१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले केन्द्रीय कमिटी बैठक सुरु

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार ०७:५३


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेरअघि सुरु भएकाे बैठकमा पार्टीकाे सांगठनिक संरचना, सदस्यता नविकरण, विधान अधिवेशन तयारीसम्बन्धी एजेण्डा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टीकाे निर्णय नमान्ने २२ सांसद्लाई कारबाहीकाे प्रक्रिया अगाडि बढाउने विषयमा पनि आजकाे बैठकमा छलफल हुनेछ । आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमालेका २२ सांसद्ले पार्टीकाे निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिएका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !