१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभामा पेस भए सपथस र १५ अध्यादेश

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार १२:३३


काठमाडाैं । प्रतिनिधि सभामा शपथसम्बन्धी अध्यादेश २०७८ लगायत विभिन्न अध्यादेश पेस भएका छन् ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५ वटा अध्यादेश पेस गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट मन्त्री कार्कीले बैठकमा शपथ र रेल्वे अध्यादेश २०७८ पेस गर्नुभयाे ।

मन्त्री कार्कीले नै औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नुभयाे । मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि प्रतिनिधि सभामा पेस गर्नुभयो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश सभासमक्ष पेस गर्नुभयाे । यी सबै अध्यादेश तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे सरकारले ल्याएकाे हाे ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश खारेज गर्नुभएको जानकारी गराउनुभएकाे थियाे । राष्ट्रपति भण्डारीले सरकारकाे सिफारिसमा साे अध्यादेश आज खारेज गर्नुभएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !