१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फैलियाे गद्दार सांसद्ले सनसिटी अपार्टमेन्टमा फ्ल्याट पाउने खबर

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०७:२६


काठमाडौं । शेरबहादुर देउवालाई विश्वासको मत दिन आफ्नो पार्टीलाई गद्दारी गर्ने सांसद्हरुले ठूलो लाभ पाएको खबर आउन थालेको छ ।

कैयन मिडियाहरुले त्यस्तो खबर दिइरहेका छन् । साँघु न्युज डटकम र दैनिकी डटकमले दिएको समाचार अनुसार सांसद्हरुलाई सत्ता गठवन्धनले काठमाडौंको सनसिटी अपार्टमेन्टमा फ्ल्याट दिएको छ ।

आफ्नो पार्टीलाई गद्दारी गर्ने सांसद् अहिलेसम्म एमाले र जसपामा देखा परेका छन् । तीमध्ये जसपाका सांसद्हरुले सनसिटी अपार्टमेन्टमा फ्ल्याट पाउन थालिसकेको समाचारमा जनाइएको छ ।

सांसद् किन्न रकम खर्च गरिएको र फ्ल्याट दिइएको बारेमा ठूलै छानविन हुनुपर्ने अवस्था आएको छ । तर, देउवा सरकारले छानविन गर्न दिने छैन ।

सनसिटी अपार्टमेन्ट काठमाडौंको गोठाटारमा रहेको छ । सो अपार्टमेन्टको फ्ल्याट काठमाडौंकै महंगो मध्येमा पर्छ ।

प्रतिनिधि सभामा आज अपरान्ह चार बजेपछि प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !