५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवा लजाउदा सपथमा ग्रहणमा ढिलाई

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १५:१७


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई लाज लाग्नाले प्रधानमन्त्री पदको सपथ लिन ढिलाई भएको छ ।

सर्वाेच्च अदालतको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेको थियो । सो फैसलाको जानकारी सर्वाेच्च अदालतले राष्ट्रपतिलाई पठाएको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

देउवालाई गरिएको नियुक्तिको पत्रमा राष्ट्रपतिले संवैधानिक इजलासको फैसला अनुसार नियुक्त गरिएको उल्लेख गर्नुभएको छ । तर, देउवालाई अदालतले बनाएको प्रधानमन्त्री भनी आफूलाई जनताले चिन्छन् भनेर लाज लागेको छ । त्यसैले उहाँले पत्रमा अदालतको सट्टा संविधानको धारा उल्लेख हुनुपर्ने माग गर्नुभएको छ ।

अदालतको इजलासबाट प्रधानमन्त्री बनेको हुनाले सोही व्यहोराको भाषा नियुक्तिपत्रमा उल्लेख गरिएको राष्ट्रपति कार्यालयका कर्मचारीहरुले जिरह गरेका छन् । स्रोत अनुसार देउवालाई इजलासको फैसला अनुसार नियुक्त गरिएको हो भनेर लेख्नुको विकल्प कानुनी रुपमा नरहेको जिकिर कानुनविद्हरुले गरेका छन् । तर, देउवाले भने सर्वाेच्चको इजलासको फैसला अनुसार नियुक्त भएको तथ्य लुकाएर संविधानको धारा उल्लेख गर्न माग गर्नुभएको हो ।

विश्वमा सर्वाेच्च अदालतले प्रधानमन्त्री छानेको पहिलो घटना हो । यो घटनाका कारण विश्वभरी नेपालको बदनामी गर्न थालिएको छ । त्यसैले देउवाले लाज लागेर तथ्य छोपेर नियुक्ति पत्रमा संविधानको धारा उल्लेख गर्नुपर्ने माग गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस !