५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपाको उपेन्द्र पक्षले मन्त्रालय निश्चित नभएसम्म मन्त्रीको नाम नपठाउने

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १२:५६


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री बन्नेको नाम पठाउने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज बन्ने सरकारमा नाम पठाउने विषयमा छलफल गर्न आज बसेको सो समूहको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि आज बन्ने मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीको नाम दिने जसपाले तयारी गरेको थियो । जसपाले नाम नदिए पछि आज नेपाली कांग्रेस र माओवादीका केही मन्त्री समावेश गरी देउवाले मन्त्रिपरिषद गठन गर्नुहुने भएको छ ।

गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा (राजमो) ले समेत अहिले नै सरकारमा सहभागी हुने विषयमा निर्णय नगर्ने जनाएको छ । पार्टीको बैठक पछि मात्र सरकारमा सहभागी हुने नहुने विषयमा निर्णयमा पुग्ने राजमोले जनाइ सकेको  छ ।



प्रतिक्रिया दिनुहोस !