५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीमा देउवाकाे विश्व कीर्तिमान

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १२:३८


काठमाडौं । विश्वमै सबैभन्दा अनौठो तरिकाले प्रधानमन्त्री पद हात पार्ने कीर्तिमान नेपालका शेरबहादुर देउवाले बनाउनुभएको छ ।

विश्वको संवैधानिक तथा संसदीय इतिहासमा शेरबहादुर देउवा जसरी अनौठो तरिकाले प्रधानमन्त्री पद हात पार्ने अरु कोही पनि छैनन् ।

कांग्रेस सभापति समेत रहनुभएका देउवा आज प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री पदमा गरिएको नियुक्तिको पत्र उदेकलाग्दो छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । देउवालाई नियुक्त गरिएको पत्रमा संविधानको कुनै धारा उल्लेख गरिएको छैन । प्रतिनिधि सभाको बहुमतको पनि हवाला दिइएको छैन । पत्रमा ‘संवैधानिक इजलास’ उल्लेख गरिएको छ ।

पत्रमा ‘संवैधानिक इजलासको फैसला बमोजिम’ उल्लेख छ । सर्वाेच्च अदालतको एउटा इजलासबाट प्रधानमन्त्री पदमा नियुक्त बन्ने विश्वकै पहिलो प्रधानमन्त्री देउवा बन्नुभएको छ ।

नेपालको प्रतिनिधि सभामा दुई सय ६५ सदस्य रहने व्यवस्था छ । संवैधानिक इजलासमा भने पाँच जना न्यायाधीश छन् । ती पाँच जना न्यायाधीशको फैसलाले देउवा प्रधानमन्त्री बन्नुभएको हो ।

प्रतिनिधि सभाको दुई सय ६५ जना बीच बहुमत नहुँदा पनि पाँच जना न्यायाधीशको फैसलामा देउवाले प्रधानमन्त्री पद प्राप्त गर्नुभएको हो । जननिर्वाचित प्रतिनिधि सभालाई निस्तेज पार्दै प्रधानमन्त्री पदमा नियुक्ति गरिएको उदाहरण भने विश्वमा जति पनि छ । तर, त्यस्तो उदाहरण सैनिक शासन लागू भएपछि मात्र देखिन्छ । अर्थात्, सैनिक शासन लागू गरेर जनप्रतिनिधि संस्थालाई निस्तेज बनाउने र सैनिक जुन्टाले प्रधानमन्त्री नियुक्त गरेको इतिहास छ । हालै म्यानमारमा सेनाले चुनाव परिणाम नै अस्वीकार गरेर सत्ता हातमा लिएको थियो । तर, नेपालमा भने न्यायालयबाट जनप्रतिनिधि सभाको बहुमतलाई बेवास्ता गर्दै पाँच न्यायाधीशको इच्छामा देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

लोकतान्त्रिक देशमा न्यायाधीशले छानेर बनाएको प्रधानमन्त्री देउवा नै पहिलो हो । तर, नेपालमा अहिलेको भन्दा ठूलो कीर्तिमान भने विगतमा बनिसकेको छ । विगतमा राजा एकजनाले प्रधानमन्त्री छान्थे भने अहिले पाँचजना न्यायाधीशले छानेका छन् । राजा एकजनाको इच्छामा प्रधानमन्त्री पद पाउनेमध्ये शेरबहादुर देउवा पनि हुनुहुन्थ्यो ।

न्यायाधीशले प्रधानमन्त्री छानेको नेपालको अनौठो घटनाको अहिले विश्वभरी चर्चा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !