५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेरो मन मष्तिष्कमा देश, जनता, भन्दा केही छैन–केपी ओली

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १०:५०


काठमाडौं । ‘केपी ओलीले संकटकाल लगाउनै लागे, सेना परिचालन गर्नै लागे, सत्ता क्याप्चर गर्नै लागे’– यस्तो बान्कीका कुसमाचार केही समयदेखि धुँवाधार ढंगले प्रायोजन गर्ने गरिएको थियो ।

केपी ओलीमाथि विभिन्न कोणबाट प्रहार गरिएको थियो । प्रकारको एउटा कोण थियो– ‘केपी ओलीले कू गर्दैछन् ।’ यो सँगै अर्काे कुरा पनि नत्थी गर्ने गरिएको थियो– ‘केपी ओलीले संकटकाल लगाउँछैन् ।’

सर्वाेच्च अदालतको फैसला आएपछि समेत यस्तो खालको कुप्रचार व्यापक रुपमा गरिएको थियो । खासगरी माओवादी र माधव नेपालको गुटले यस्तो दुष्प्रचार व्यापक रुपमा गरेको थियो ।

कुप्रचारको एकमुष्ट रुपमा केपी शर्मा ओलीले खण्डन गर्नुभएको छ । देशवासीलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो– ‘विभिन्न सञ्चार माध्यममा अपब्याख्या गर्न खोजियो, आज संकटकाल लगाउँछ, आज यस्तो गर्छ, आज सेना परिचालन गर्छ, आज उस्तो गर्छ ।’

यो खण्डनसँगै उहाँले आफूले लोकतान्त्रिक आन्दोलनमा बिताएको ६ दशकको मार्मिक चर्चा गर्नुभयो ।

कुप्रचारको चर्चा गर्दै ओलीले भन्नुभयो– ‘मैले भन्दै रहें– म राजनीतिक बाहेक अराजनीतिक हतकण्डा गर्दिनँ । जनता र जनप्रतिनिधि संस्थाहरुका बीचमा बाहेक अन्यत्रबाट कुनै अस्वस्थ गतिविधि अस्वस्थ तरिकाबाट, अनुचित हतकण्डा प्रयोग गरेर अगाडि जान मलाई मन्जुर छैन । किनभने मैले लोकतन्त्रका लागि जीवन समर्पण गरेको छु ।’

‘मेरो मन मष्तिष्कमा देश, जनता, देशको सुरक्षा र स्वाभिमान बाहेक केही छैन’– ओलीले भन्नुभयो ।

‘जनताले हटाएको होइन मलाई’– ओलीले भन्नुभयो’– ‘फेरि पनि भन्छु म जनताको बीच जाने दिन आओस्, त्यसबेला यी कुराको फैसला जनताले दिनेछ । आज म आदेश परमादेशबाट सरकारबाट हटेको छु । तर, मेरो देश र जनताप्रतिको प्रतिवद्धता अविचलित छ । जेलभित्र बस्दा पनि म यति नै निष्ठा र आशावादीताका साथ बसेको थिएँ । नेल हतकडी लगाएर चीसो छिँडीमा राख्दा पनि लोकतन्त्रप्रतिको विश्वास र माया किञ्चित पनि कम भएको थिएन । फेरि पनि देश र जनतालाई शिरमा राखेर अगाडि बढ्छु ।’



प्रतिक्रिया दिनुहोस !