५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०३:४१


काठमाडाैं । एमाले स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसाे १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई जानकारी दिनुभयाे । बैठकमा सर्वाेच्चकाे फैसला, एमाले एकता, लगायत विषयमा छलफल हुने तामाङले बताउनुभयाे ।

आजकाे बैठकमा माधवकुमार नेपालसहित उहाँकाे गुटका नेताहरु पनि सहभागी हुन सक्ने बताइएकाे छ । साेमबार विपक्षी गठबन्धनकाे बैठकमा बाेल्दै नेता नेपालले अब आफू एमालेमै फर्कने बताउनुभएकाे थियाे । नेपालसहित उहाँकाे गुटका २३ सांसद्काे सहयाेगमा कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउने मिसन पूरा भएपछि नेता नेपाल एमालेमै फर्कन लाग्नुभएकाे हाे ।

साेमबार बसेकाे स्थायी कमिटी बैठक परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा केन्द्रित थियाे । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष एमाले विवाद समाधान कार्यदलका सदस्य भीम रावलले कार्यदलको प्रतिवेदन बुझाउनु भएकाे थियाे ।

तामाङका अनुसार सरकारबाट बाहिरिने विषयमा पनि आजकाे बैठकमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवाले सपथ लिनुअघि प्रधानमन्त्री ओली बालुवाटारमा आफ्नाे निजी निवास बालकाेट सर्नुहुने तयारी छ । सर्वाेच्च अदालतले साेमबार प्रतिनिधि सभा विघटन गर्ने सरकारकाे निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !