५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

न्यायाधीशलाई प्रचण्डकाे बधाई

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार १३:२५


काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको आदेशबाट नेपाली जनातको जित भएको बताउनुभएको छ ।

सर्वोच्च अदालतको फैसला पछि प्रतिक्रिया सार्वजनिक गर्दै प्रचण्डले   अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभएको छ ।

सर्वोच्चको फैसलाले संविधान, लोकतान्त्रिक मूल्य मान्यताको र राष्ट्रिय हितको रक्षा भएको उहाँले बताउनुभएको छ । अदालतले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाएको प्रचण्डको भनाइ छ ।

आफूहरुको पक्षमा फैसला गरेकोमा प्रचण्डले न्यायाधीशरुलाई बधाई दिनुभएको छ । ‘यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ, इतिहासले यसलाई सम्मान गरिराख्ने छ’, प्रचण्डले भन्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !