५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्लाहीमा प्रम ओलीको समर्थनमा विशाल प्रदर्शन

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार ०८:४२


सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमवार बिहान सर्लाहीका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
लालबन्दी, हरिवन, बरहथवा र मलंगवामा एकसाथ र्‍याली निकालेर प्रम ओली पक्षका नेताले प्रदर्शन गरेका हुन् ।

प्रर्दशन सर्लाही नेकपा एमाले,अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले गरेको थियो ।

विपक्षी गठवन्धनले अदालतलाई हातामा लिएर सेटिङमा देश बर्वाद पार्न खोजेको भन्दैे प्रदर्शन गरेको राष्ट्रिय युवा संघ नेपाल सर्लाहीका अध्यक्ष जोनिस पाख्रिनले राइजिङ सन खबरलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको समर्थनमा मलंगवाबाट विशाल मोटरसाइकल र्‍याली समेत निकालिएको थियो ।
प्रदर्शनमा सर्लाहीका प्रम निकट एमाले नेता कार्यकर्ताको सहभागी थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !