२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार १०:२०


काठमाडाैं । नेकपा एमालेले स्थायी कमिटी बैठक बाेलाएकाे छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बाेलाउनुभएकाे एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीकाे आन्तरिक जीवन, विवाद समाधान कार्यदलले तयार पारेकाे सहमतिकाे दस्तावेज लगायत विषमा छलफल हुने उहाँले बताउनुभयाे । ‘बैठक बस्ने बेलासम्म कार्यदलले दस्तावेज तयार पारिसक्छ’- तामाङले भन्नुभयाे । यद्यपि कार्यदलकाे बैठक बिहानदेखि जारी छ ।



प्रतिक्रिया दिनुहोस !