१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिड विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता देउ – अनिता देवकोटा

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ०८:३४


काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नागरिकलाई खोप दिनुपर्ने बेला सरकार कमिसनको खेलमा लागेको आरोप लगाउनु भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै कांग्रे सांसद् देवकोटाले भन्नुभयो – ’कोभिडबाटआक्रान्त नागरिकले हामीले भ्याक्सिन लगाउन पाउनुपर्छ भनेर माग उठाइरहेका छन्,१३ लाख जेष्ठ नागरिकहरु दोस्रो डोज खोप कहिले आउँछ भनेर पर्खिरहेका बेला सरकार कमिसनको चक्करमा छ ।’

नागरिकको करबाट नागरिकको स्वास्थ्य बचाउन सकिन्न भने सरकारको सार्थकता के ? सरकार कति दिनसम्म नागरिको लास गन्ने ? कति दिन नागरिकको समवेदना लेख्ने हो ? म सरकारसँग प्रश्न गर्छु । कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य कर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेपनि उनीहरुले अहिलेसम्म भत्ता नपाएको देवकोटाले बताउनुभयो ।

कोभिडबाट देश आक्रान्त भएको भन्दै सांसद् देवकोटाले धेरै नागरिकले रोजगारी गुमाएका बताउनुभयो । उद्योगधन्दा बन्द भएका पनि उहाँले बताउनुभयो ।

बाढी पहिरोका कारण पनि देशमा क्षति पुगिरहेको देवकोटाले बताउनुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !