२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले भत्काउन प्रचण्डकाे प्रवेश माधव निवासमा

प्रकाशित मिति :  २६ असार २०७८, शनिबार ०७:१८


काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता प्रकृया अन्तिम चरणमा पुगेको भनिँदै गरेको बेला माधवकुमार नेपाललाई कोटेश्वर स्थित निवासमै पुगेर पुष्पकमल दाहाल प्रचण्डले भेट्नु भएको छ । शनिबार दिउँसो १२ बजेसम्म करिब एक घन्टा उहाँहरु बीच छलफल भएको बताइएको छ ।

एमाले भत्काउने प्रयास गरिरहनुभएका नेता नेपाललाई पार्टी एकजुट बनाउन दोस्रो पुस्ताका नेताहरुको दवाब पर्दै आइरहेको छ । उता नेता नेपाललाई एमाले भत्काउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सघाउँदै आउनुभएको छ ।

माधव र प्रचण्डबीचको छलफलको विषय थाहा हुन सकेको छैन । तर, प्रचण्डले एमाले एकीकृत हुन नदिन प्रयास गरिरहनुभएको प्रष्ट छ ।

एमालेको आन्तरिक एकता हुन लाग्दा प्रचण्डको सक्रियता र दौडधुप व्हात्तै बढ्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !