१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चाेक जानुहुँदै

प्रकाशित मिति :  २६ असार २०७८, शनिबार ०२:४२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चाेक जाँदै हुनुहुन्छ ।

बाढीले क्षति पुर्‍याएकाे मेलम्ची खानेपानी आयोजना, मेलम्ची बजार, हेलम्बु बजार लगायत सिन्धुपाल्चोकका विभिन्न बस्तीको निरीक्षण गर्नका लागि आज सिन्धुपाल्चाेक जान लाग्नुभएकाे हाे । प्रधानमन्त्री ओली बिहान साढे १० बजे सिन्धुपाल्चोक जानुहुने एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई जानकारी दिनुभयाे ।

प्रधानमन्त्री ओलीले सिन्धुपाल्चाेकका बाढी पीडितका लागि उद्धार, राहत तथा अस्थायी आवास निर्माणका लागि महत्वपूर्ण घाेषणा गर्नुहुने तामाङले जानकारी दिनुभयाे । ‘प्रधानमन्त्री ज्यूले बाढी पहिराेले पुर्‍याएकाे क्षतिकाे निरीक्षण गर्नुहुन्छ, बाढी पीडितका लागि केही रकमकाे घाेषणा गर्नुहुनेछ, विस्थापितका लागि अस्थायी र स्थायी आवास पुनर्निर्माणकाे प्याकेज पनि घोषणा गर्नुहुनेछ’ – तामाङले भन्नुभयाे ।

मेलम्ची खानेपानी आयोजनामा पुगेकाे क्षतिकाे पनि प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले बाढीपीडित र स्थानीय जनप्रतिनिधिसँग अन्तक्रिया समेत गर्नुहुने तामाङले जानकारी दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !