१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले नेता ज्ञानुराम प्रसाईंको निधन

प्रकाशित मिति :  २५ असार २०७८, शुक्रबार १०:०८


झापा । नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईंको निधन भएकाे छ ।

नेता प्रसाईंको शुक्रबार बिहान कार दुर्घटनामा परेर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । बा१६च ८१८२ नम्बरको कार शुक्रबार दिउँसो चारआली-चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना हुँदा प्रसाईं गम्भीर घाइते हुनुभएकाे थियाे ।

प्रसाईंलाई तत्कालै भद्रपुरस्थित मेची अस्पताल लगिएकाे थियाे । उहाँकाे उपचारका क्रममा निधन भएकाे प्रहरीले जनाएकाे छ । प्रसाईं आफैंले कार चलाउनु भएकाे थियाे ।देवकोटाको शालिकमा ठोक्किएर कारको अघिल्लो भाग क्षतिग्रस्त भएको छ । कारमा प्रसाईं एक्लै सवार हुनुहुन्थ्यो । यसबारे थप अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !