१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनबाट नेपाल आयाे ८ लाख डाेज खाेप

प्रकाशित मिति :  २५ असार २०७८, शुक्रबार ०३:१५


काठमाडाैं । काेभिड विरुद्धकाे ८ लाख डाेज  भेराेसेल खाेप चीनबाट नेपाल ल्याइएकाे छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजले आज बिहान भेरोसेल खोप ल्याएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएकाे छ । चीनकाे सिनोफार्म कम्पनीसँग नेपालले किनेकाे खाेपकाे पहिलाे खेप लिन वाइडबडी जहाज बिहीबार साँझ चीन उडेकाे थियाे ।

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत ४० लाख डोज भेराेसेल खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । असार ३१ गते वाइडबडी जहाज खोप लिन जानेछ र साउन १ गते खाेप ल्याउनेछ । साउन ७ गते पुनः वाइडबडी जहाज चीन गएर साउन ८ गते नेपालमा खाेप ल्याउने छ ।

सरकारले सरकार-सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन लागेको हो । खोप आइसकेपछि ६० वर्षमुनि उमेर समूहलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !