२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाँच पूर्व प्रधानमन्त्रीलाई खिमलालको चुनौती, ‘नेपालमा राजनीतिक हस्तक्षेप गर्ने विदेशी शक्ति काे हाे प्रमाणित गर्नुस्’

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार ०९:१८


काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पाँच पूर्व प्रधानमन्त्रीलाई कडा चुनौती दिनुभएकाे छ ।

बुधबार बसेकाे राष्ट्रिय सभाको बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् भट्टराईले पाँच पूर्व प्रधानमन्त्रीले राष्ट्रियताकाे विषयमा अष्पष्ट वक्तव्य निकालेर भ्रम छरेका बताउनुभयाे । नेपालमा हस्तक्षेप गर्ने विदेशी शक्तिबारे प्रमाणित गर्न उहाँले चुनाैती दिनुभयाे । ‘म चुनाैती दिन चाहान्छु, कुन चाँही घटना यस्ताे लाग्याे, कुन चाँही विदेशी शक्ति हाे, जसले नेपालमाथि राजनीतिक हस्तक्षेप गरिरहेकाे छ, भयवित नहुनुहाेस् नडराउनुस् पूर्व प्रधानमन्त्री ज्यूहरु, मुख खाेल्नुस् र प्रमाणित गर्नुस् ।’

केपी ओली राष्ट्रियताकाे गफ दिने मान्छे नभएकाे बताउँदै उहाँले भन्नुभयाे -‘केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मल भित्रबाट चोर औंलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन, केपी ओलीकाे राष्ट्रवाद व्यवहारमा अनुदित भएकाे छ, यसलाई हल्का नबनाऔं मेराे सल्लाह छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !