१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतका लागि कम्फर्टेबल सरकार बनाउँछाैं भन्नेहरुले नै राष्ट्रियताकाे गफ लगाए – खिमलाल भट्टराई

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार ०९:१५


काठमाडाैं । संविधान निर्माण र कार्यान्वयनमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे विशेष भूमिका रहेकाे एमाले सांसद् खिमलाल भट्टराईले बताउनु भएकाे हाे ।

बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै नेकपा एमाले राष्ट्रिय सभाका सचेतक भट्टराईले संविधान निर्माण र कार्यान्वयनमा प्रधानमन्त्री ओलीकाे विशेष भूमिका रहेकाे बताउनुभयाे । ‘संविधान निर्माण र कार्यान्वयनमा सबै दलकाे भूमिका छ, यसमध्ये पनि जनताले महशुस गरेकाे केहाे भने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकाे द‍ृष्टिकाेण र अडान सर्वाधिक महत्वपूर्ण देखिन्छ’- भट्टराईले भन्नुभयाे ।

देशमा संविधानविराेधी कुनै तागत नभएकाे बताउँदै खिमलालदे भन्नुभयाे – ‘सिंगाे राष्ट्रकाे सफलता हाे, याे सरकारकाे एैतिहासिक सफलता हाे, सरकारलाई धन्यवाद दिनुपर्ने हाेइन र ?’ राजनीति गर्नेहरुले पूर्वाग्रह राखेपनि संविधान निर्माण र कार्यन्वयनमा जनताले सरकारकाे जयजयकार गरेकाे सांसद् भट्टराईले बताउनुभयाे । जनताले वर्तमान सरकारलाई युगयुगसम्म सम्झिरहने पनि उहाँले बताउनुभयाे ।

विघटन विरुद्ध अनेकाैं लाञ्छना लगाइएकाे उहाँले बताउनुभयाे । कानुन बनाउन नसक्ने, सरकारलाई काम गर्न नदिने र वैकल्पिक सरकार दिन नसक्ने प्रतिनिधि सभाकाे औचित्य नभएकाले विघटन भएकाे खिमलाले बताउनुभयाे । यस्ताे बेला विघटन हुनु लाेकतान्त्रिक भएकाे उहाँले बताउनुभयाे । शासन व्यवस्था असहज हुँदा जनताकाे बीचमा जना पाइने पनि उहाँले प्रष्ट पार्नुभयाे ।

अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना हुँदा काेही बैठक छाेडेर जाने काेही बेल घेर्ने तिर लागेकाे बताउँदै खिमलालले भन्नुभयाे – ‘नेताहरु नै त्यसमा संलग्न भएकाे देख्याैं, संसारमा यस्ताे कहीँ छैन, त्यसैले आश्चर्यका रुपमा गिनिज बुकमा नाम त उहाँहरुले लेखाउनुपर्ने ।’ प्रतिपक्षीले नै असंवैधानिक कदम चालेका उहाँकाे भनाइ । दाेस्राे पटककाे विघटन प्रधानमन्त्रीकाे याेजना नभएर संविधानकाे माग रहेकाे बताउनुभयाे ।

सरकार बन्न नसकेपछि राष्ट्रपतिले लिनुभएकाे निर्णय तथ्यपरक र कानुनी र विवेकपूर्ण रहेकाे उहाँले बताउनुभयाे । दलहरुले आफू अनुकूल निर्णय नआउँदा राष्ट्रपतिविरुद्ध विष वमन गरेका भट्टराईले बताउनुभयाे । संविधानकाे धारा ७६ काे उपधारा ५ काे व्याख्या गर्ने सन्दर्भका बहसका क्रममा सांसद्हरु स्वतन्त्र हुन सक्ने भनेर  आएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘याे दलीय व्यवस्था हाे, यसमा सांसद्लाई दलकाे ह्वीप लाग्दैन भने हामीले निर्दलीय व्यवस्था लागू गर्न खाेजिएकेा हाे ?’

सरकारले सिके राउत र विप्लव समूहलाई राष्ट्रिय राजनीतिकाे मूलधारमा ल्याउने लगायत काम सरकारले गरेकाे बताउनुभयाे । लाेकतन्त्रलाई बलियाे बनाउन निर्दलीयतावादी विचार त्याग्नैपर्ने उहाँले बताउनुभयाे । स्वतन्त्र सांसद्काे वकालत गर्नेहाे भने देशकाे राजनीति गम्भीर संकटतर्फ जाने  खिमलालले बताउनुभयाे । सरकार बनाइदिनुपर्‍याे भनेर अदालतबाट मुद्दा हाल्नु लज्जाजनक विषय भएकाे खिमलालले बताउनुभयाे ।

यसबीचमा राष्ट्रियता संरक्षण र प्रबद्धनकाे विषयमा भ्रमपूर्ण कुरा आएका बताउँदै खिमलालले भन्नुभयाे – ‘विदेशीलाई भेट्न हाेटलमा लाइन लाग्नेहरुले नै प्रधानमन्त्रीले फलानालाई भेट्याे राष्ट्रियता कमजाेर बनायाे भन्न अलि सुहाएन ।’ भारतका लागि कम्फर्टेबल सरकार बनाउँछाैं भन्नेहरुले राष्ट्रियताकाे गफ गर्दा अनाैठाे लाग्ने बताउनुभयाे ।

५ पूर्व प्रधानमन्त्रीले राष्ट्रियताकाे विषयमा अष्पष्ट वक्तव्य निकालेर भ्रम छरेका उहाँले बताउनुभयाे । ‘म चुनाैती दिन चाहान्छु, कुन चाँही घटना यस्ताे लाग्याे कुन चाँही विदेशी शक्ति हाे,जसले नेपालमाथि राजनीतिक हस्तक्षेप गरिरहेकाे छ, भयवित नहुनुहाेस् नडराउनुस् पूर्व प्रधानमन्त्री ज्यूहरु, मुख खाेल्नुस् र प्रमाणित गर्नुस् ।’ केपी ओली राष्ट्रियताकाे गफ दिने मान्छे नभएकाे बताउँदै उहाँले भन्नुभयाे -‘केपी ओलीकाे राष्ट्रवाद व्यवहारमा अनुदित भएकाे छ,यसलाई हल्का नबनाऔं मेराे सल्लाह छ ।’

भट्टराईले राष्ट्रिय सभामा ‘कस्मेटिक’ राजनीति नगर्न पनि आग्रह गर्नुभयाे । सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै उहाँले कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !